
अजय चौबे , कपिलवस्तु
ने. क. पा. माओवादी केन्द्रको संगठन बिस्तार एवम् शुद्धीकरण अभियानले कपिलवस्तुमा तिब्रता लिएको छ ।
माओबादि केन्द्रको केन्द्रिय तप्काकाले देशैभरि संगठन बिस्तार र शुद्धीकरण गर्न अभियान चलाउने निर्णय गरेपछि कपिलवस्तुमा पनि अभियानलाइ निरंतरता र तिब्रता दिइएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा न १२ मा समेत आज संगठनको बिस्तार गर्दै शुद्धीकरण गरिएको छ । आज बिठुवामा माओवादी नेता शत्रुघन चौधरीको प्रमुख आतिथ्यतामा बिठुवामा सम्पन्न भएको कार्यक्रममा वडा न १२ को वडा कमिटी गठन गरिएको छ । नव गठित वडा कमिटी राम अधारे कोहारको अध्यक्षतामा गठन गरिएको छ । नव गठित वडा कमिटिको सचीवमा त्रिभुवन मुराउ रहेका छन् । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयको संख्यामा नेता कार्यकर्ता पार्टी प्रबेश गरेका छन् ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा घनश्याम पाठक , अतिथिहरुमा पीताम्बर ठाकुर , राम चन्द्र कोरी , विक्रम बरई , राम राज दुबे उपस्थिति रहेको थियो भने कार्यक्रममा कम्ती दुइ सय बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
