कपिलवस्तुमा छोराको दीर्घायुको कामना गर्दै तीन छठ्ठी पर्व मनाइयो

0
Quantam abroad studies

भदौ १२ , कपिलवस्तु–
आफना छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा हिन्दु मधेसी समुदायका महिलाहरुले शनिवार धुमधामसंग तीन छठ्ठी पर्व मनाएका छन् । घर नजिकै कुश रहेको ठाउमा उनीहरुले पुजापाठ गरी तीन छठ्ठी मनाएका हुन । पुजापठाकालागि उनीहरु उम्रेको हरियो कुशका भएको ठाउँमा पुजा गर्न पुगेका थिए । कोरोनाका कारण अधिकांस आफनै घरमा उम्रेको हरियो कुश लाएर पुजा गरेका थिइन । भदौ शुक्ल अषष्ठीको दिन पर्ने सो चाड उनीहबरुले ब्रतबसि पुजा पाठ गर्ने गर्दछन ।

उम्रेको हरियो कुशको पुजा गर्न भक्तजन महिलाको भीड लागेको थियो । पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनलेले दात माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत , पुजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई बस्ने मन्न नाऊले बताईन ।

sahani furniture udyog

उपवास सकेपछि हलोबाट नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जंगली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन । ब्रतका बेला कुश सगै नजिकै रहेको देवीहरुको मन्दिर पुजाआजा गर्ने प्रचलन छ । पुजाका लागीे पहेलो कपाड , दहि, चामल , महुवा र चना लगाएत समाग्रीलाई एकै ठाँउमा मिश्रण गरेर प्रसाद बनाईन्छ । ब्रतालु प्रत्येक महिलाले ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई पुजाने गरिन्छ ।

कुशको पुजा गरी त्यसमा ६ वटा गाठो बाध्ने गरीन्छ कुशको सामुहिक पुजा सकिएपछि सानाले ठुलोको अर्शिवद लिने , महिलाहरुले समहु बनाएर तीन छठ्ठी पर्वको कथा सुनाउने , नचने , गीता गाउने समेत गर्दछन् । पिछल बर्षमा तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढदै गएको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई बस्ने प्रेमा देवी खरविन्दले बताईन । म २८ – २९ बर्ष देखि तीन छठ्ठी पर्व मन्दै अएको तर पहिल यति धेरै ले यो पर्व नमनेको पनि बताएकी छीन् । बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए ।

तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसङ जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.