
दोरेन्द्र खड्का बझाङ
नेकपा एमाले का अध्यक्ष दिल बहादुर सिंह माधवकुमार नेपाल समूहले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।

उनले केपी शर्मा ओलीको अतिवादविरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न सबै नेता तथा कार्यकर्ता लाई आग्रह समेत गरेका छन । अाज केदारस्यु गाउँपालिका सगै निर्वाचन कार्यलयमा सनाखत गर्न पुगेको टोली सगै निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेमा रहन नसकिने अध्यक्ष सिंहले पत्रकारहरु संग जानकारी गराए ।
एमाले पाटी संगठन निर्माण गर्न सिंहको अमूल्य भुमिका रहेको पार्टी निर्माण गर्न कसरत गर्ने सिंह केपी ओलिको अधिनायकबाद स्वईच्छाचारी गलत कदमका बिरुद्ध पाटी लाई छोड्नु परेको सिंहले बताए । नेकपाका नेता कार्यकर्ता लाई गलतका बाटो नहिटी सत्यको बाटो रोज्न पनि सिंहले सम्पूर्ण शुभचिन्तकलाई अनुरोध गरेका छन ।

