नदी कटान अवलोकन गरि तटबंधको लागि पहल गर्ने प्रतिबद्धता

0
Quantam abroad studies

शहबाज / खान
कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा १२ को हथियागढ गांववासीहरु चरगहवां नदीको कटानले चिन्तित भएका छन्।

कृष्णनगर नगरपालिका १२ को सिमा नजिक रहेको हथियागढ गाउको पश्चिमा चरगहवां नदी रहेको छ। बर्षाको समयमा नदीमा ढुलो बाढी आउदा पानीको बहावले दिनहु तट कटान गर्दै गएकोले किसानहरुको खेत बारी कटान गरि सकेको छ। धेरै दिन देखि कटान गरिरहेको बिषयलाई जनप्रतिनिधि तथा सम्बन्धित निकायवालाहरुले ध्यान नदिएको कारण तट काटदै काटदा गाउँ नजिक पुंगीसकेको छ। नदीको कटानले गर्दा किसानहरुको ठुलै नोक्शानि भएको छ भने प्रत्येक बर्ष किसानले लगाएको अन्नबाली समेतमा छति पुगी ‌‌‌‌‌‌‌‌‌रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कृष्णनगर‌ नगर अध्यक्ष इन्त्तेखाब अहमद खां जनतासंग जनसम्पर्क गर्नेक्रममा हथियागढ गाउँमा पुगेका थिए । उक्त गाउँका जनताले चरगहवां नदी तट कटानको पिडा नगर अध्यक्ष खां लाई सुनाउदै स्थलगत तट कटानको अवलोकन गराई छिटै तटबन्धक गराई सिंगों गाउँवासीहरुको सहयोग पुराउनमा मद्द मागेको कुरा नगरसचिव राज कुमार यादवले बताए।
हथियागढ गाउवासीहरुको ठुलै समस्या रहेको छ । यदि छिटै समस्याको समाधान भएन भने कुनै दिन गाउभित्र नदी पस्ना सक्छ र जनतालाई घरबिहीन बन्नु पर्छा । तर त्यो दिन देख्ना नपरोस भन्ने बिचारका साथ छिटै सम्बन्धित सरोकार‌ वालाहरु संग भेंट गरि हथियागढ गाउवसीहरुको समस्या समाधान गर्नाको लागि पहल गर्ने प्रतिबद्धता समेत दिएको नगरसचिव यादवले बताएका छन।

स्थलगत अवलोकन गर्नेक्रममा नगरसचिव राजकुमार यादव, श्याम लाल पासी, गंगाराम कोरी, पप्पू यादव, बंसराज कोहार, सोमाई यादव ,चिंकू यादव, किशोर पासी लगायत बुद्धिजीवी समाजसेवी कृषकहरु रहेका थिए।

Leave A Reply

Your email address will not be published.