
शहबाज खान / कपिलवस्तु
नेपाल प्रहरी द्वारा नियन्त्रणमा लिइ एक करोड बढीको मटर र गाडी राजस्व चलान भएको छ ।
असोज ६ गते राती ९/१० बजेको समयम गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णणगर र बि.ओ. पि .कृष्णनगर कपिलवसतुबाट खटिएको संयुक्त टोलीले तस्करी गर्न लागिएको मटर र गाडी नियन्त्रणमा लिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.०१ दृष्टान्त पेट्रोलपम्प नजिक पुगेको अवस्थामा कृष्णनगर चन्द्रौटा सडक खण्डको पुर्व किनारामा स्टार्ड गरी राखेको UP 35 T 2453, UP53 T3658, UP 71 T 1184, UP 55 T 1254, र UP 55T 0966 नं. को ट्रक र कपिलवस्तु कृष्णणगर नगरपालिका वडा नं.०२ गल्लामण्डी स्थित बाटोको साईडमा स्टार्ड गरी राखेको अवस्थामा UP 78 AT 8825 नं. ट्रकमा समेत चेकजाँच गर्दा नेपालबाट भारत तर्फ निकासी गरी लैजान लागिएको हरियो मटर (केराउ) फेला परेको थियो । यस्तै कृष्णनगर नगरपालिका मै भन्सार कार्यालयका कर्मचारी द्वारा थप दुइ ट्रकमा लुकाइराखेको अवस्थामा हरियो मटरलाइ गाडी सहित नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरी द्वारा नियन्त्रणम लिइएको गाडीबाट करीब २७ लाख बराबरको अन्दाजी २२५ क्विन्टल हरियो केराउ (मटर) फेला परेको छ भने भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको गाडीबाट करीब २ लाख ७० हजार बराबरको ३९ क्विन्टल हरियो केराउ ( मटर ) फेला परेको छ । नेपालमा बिदेशबाट अनुदान र सहुलियतमा हरियो केराउ आयात हुने हुँदा यहाँ भारत भन्दा सस्तोमा मटर उपलब्ध हुनेगरेको छ । त्यसैले नेपालबाट भारतमा लामो समय देखि ठुलो परिणाममा मटर तस्करी हुने गरेको छ । नेपालबाट कानूनी रुपमा भन्सार गरि मटर निर्यात गर्न समेत सरकारले प्रतिबन्ध लगएको अवस्था छ । बिचमा केहि समय मटर तस्करी कम भएको आकलन गरिरहेको बेला नेपाल प्रहरीको पछिल्लो सफलताले अझैपनि मटर तस्करी गर्ने गिरोह सक्रिय रहेको भन्ने पुष्ठि गरेको छ ।
नेपाल प्रहरी द्वारा फेला पारी नियन्त्रणमा लिइएका ६ वटा गाडीको मुल्य करिब ७५ लाख जति हुने अनुमान गरिएको छ भने मटर करिब २७ लाखको हाराहारीमा रहेको छ । नेपाल प्रहरी द्वारा नियन्त्रणमा लिइएका गाडी र मटर आवस्यक कारबाहीका लागी आन्तरिक राजस्व कार्यालय बुटवलमा पठाइएको छ ।
यसैगरी भन्सार प्रमुख जनार्दन पौडेलले भन्सार कार्यालय कृष्णनगरले नियन्त्रणमा लिइएको गाडीबाट बरामद गरिएको करिब २ लाख ७३ हजार बराबरको मटरलाइ रित पुरा गरि भन्सारले नै लिलामि गर्ने छ ।

