
कमलेश चन्द्र गुप्ता/ कपिलवस्तु
नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा पालिकाहरुमा सम्पन्न भएको छ । १० पालिका मध्ये १ मा सहमति ८ मा निर्बाचन सम्पन्न भएको छ ।
यस्तै यशोधराको एउटा वडामा अधिबेशन सम्पन्न हुन नसकेको कारण त्यसपालिकामा अधिबेशन रोकिएको छ । यसैगरी भएका निर्बाचनमा जिल्लाको कपिलवस्तु नहरपालिकामा खुर्सेद अहमद खान , कृष्णनगर नगरपालिकामा देवानन्द शुक्ल ,बिजयनगर नगरपालिकामा जानकी प्रसाद यादव , मायादेवी गाउँपालिकामा शैलेन्द्र दुबे र शुद्धोद हन गाउँपालिकामा बिशम्भर कुर्मी सभापतिमा निर्बाचित भएका छन् भने महराजगन्ज नगरपालिकामा पुन राम अचल कुर्मी सर्बसम्मत रुपमा नगर सभापति भएका छन् ।

हाल निर्बाचन सम्पन्न भएका अन्य पालिकाको नतिजा आइनसकेको छ भने यशोधरा गाउँपालिकाको अधिबेशन अझै रोकिएकै छ ।
