कपिलवस्तुमा खोलामा बग्दा १ को मृत्यु १ बेपत्ता

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कार्तिक ३ , कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर १० स्थित धर्मपुर र ढढिहवाको बीचमा पर्ने घोराही खोला तर्ने क्रममा एक किशोरी र एक जना महिलालाई घोराही नालामा अएको बढीले बगाएको छ ।

तरकारी तिउन खोजन गएको बेल घोराही खोला तर्ने क्रममा वडा नं. १० ढडीहवा बस्ने अशोक थारुको श्रीमती बर्ष ३२ कि सिता थारु र लम्बु थारुको छोरी बर्ष १४ कि सृर्जन थरु लाई आज बुधवार दिउँसो १ बजे नालामा बगाएका थिए । खोलाले बगाएर बेपत्ता भएका मध्ये सिताको शव करिब १०० मिटर दक्षिण तर्फ मृत अवस्थामा भेटिएको सनशाईन सामुदायिक अधारभुत विद्यालय ढढिहवाका अध्यक्ष रात्ती थारुले जनकारी दिनुभएको छ ।

sahani furniture udyog

सृर्जनलाइ खोजतलास गर्दा साझ सम्म नभेटिएको अध्यक्ष थारुले बताए । सृर्जन थारु श्री कपिलवस्तु राष्ट्रिय माध्याकि विद्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा कक्षा ८ मा आध्यानरत थिइन । बेपत्ता सृर्जनको खोजीको लागि नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरीको टोली , स्थानिय लगायतले घटना स्थलमा पुगेर खोजीकार्य जारी राखेका थिए ।

आज बुधवार दिन राती भएकोले खोजी कार्यकस्थागित गरेको र सिता थारुको शवलाई जिल्ला अस्पतल तौलिहवामा पोष्टमडमको लागि लागिएको प्रहरीले जनकारी दिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.