बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा

0
Quantam abroad studies

बुटवल, ६ कात्तिक
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो ।

बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्धमूर्ति म्यान्नमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार नेपाल ल्याइएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा मूर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराइ एयरपोर्टमा राखिएको छ ।

करिव दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । सो बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

sahani furniture udyog

एक हजार ८०० किलो तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्तिको अनावरणपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने जाने पर्यटकले शान्तिको अनुभूति गर्न पाउने लुम्बिनी गोर्डन फाउन्डेसनका प्रतिनिधि तुलसीराम लामिछानेले जानकारी दिए ।

विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको बताइएको छ । बुद्धमूर्ति १४ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम छ । १३ कात्तिकमा लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

यसैगरी उक्त कार्यक्रमको अतिथिमा पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरि , जिल्ला इन्चार्ज डिलाराम भुसाल बिभागिय इन्चार्ज शरोज खनाल , दलित पत्रकार संघका लुम्बिनी प्रदेश इन्चार्ज चिन्ता परियार , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनिष कार्की , वाइ सि एलका केन्द्रिय सदस्य शिव बन्जाडे , अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष हरिसचन्द खनाल , बिजय पौडेल ( आभास ) कमल बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.