एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक ६
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा पुनः लालचन्द पाण्डे चयन हुनुभएको छ । आज तौलेश्वर मावि तौलिहवामा भएको प्रथम परिषदले पाण्डेलाई निर्विरोध चयन गरेको हो । जसको उपाध्यक्षमा नरेन्द्र उपाध्याय,सन्तोष केसी,सचिव नन्दलाल खनाल,सह सचिव चन्द्र प्रकाश पाण्डे,कोषाध्यक्ष चिरञ्जीवी घिमिरे सह कोषाध्यक्ष प्रभु यादव सहित २५ सदस्य जिल्ला समन्वय समिति चयन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरूका समस्याहरू समाधान गर्न तथा आवाज उठाउन सङ्गठनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । कपिलवस्तुले कुशल नेतृत्व पाएकोले सङ्गठन मजबुत बनाउन तथा सबै शिक्षकहरूलाई एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आबद्ध गराउन सुझाव दिनुभयो । कतिपय विद्यालयहरूमा शिक्षकहरूको दरबन्दी मिलान तथा अन्य धेरै समस्याहरू देखा परेकोले समाधानको लागि सङ्गठनले निरन्तर परामर्श गरिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य रुद्र बन्जाडेले नयाँ कमिटीलाई शुभकामना दिनुभयो ।

समाजको वैदिक वर्गको रूपमा शिक्षक रहने भएकोले शिक्षकहरूका समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउनुभयो । परिषदमा जिल्लाका दुई सय बढी शिक्षकहरूको सहभागिता रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.