पोलियो दिवसका बुटवलमा १९ वटा क्लबले निकाले जनचेतनामूलक र्‍याली

0
Quantam abroad studies

बुटवल, ७ कात्तिक
विश्व पोलियो दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोटर्‍याक्ट क्लबहरूले संयुक्त रुपमा र्‍यालीको आयोजना गरेका हुन् ।

रोटरी इन्टरनेसनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ ।

सन् २०१० को अगस्त १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल पोलियोमुक्त भए पनि पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् ।

sahani furniture udyog

एक तथ्यांकअनुसार विकसित मुलुकका बालबालिकाले नियमित खोप कार्यक्रममा ३२ प्रकारका रोगविरुद्धको खोप पाउँछन् भने नेपालमा ११ प्रकारका रोगविरुद्वको खोपहरू विभिन्न दातृ निकायहरूको सहयोगमा सरकारले निःशुल्क रूपमा उपलव्ध गराउँदै आएको छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संघसंस्थाहरूसँग मिलेर २०५३ सालदेखि पोलियोलगायत अन्य खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.