इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्रमार्फत दबाब

0
Quantam abroad studies

रसुवा, ७ कात्तिक
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राविधिकहरूले ज्ञापनपत्र मार्फत दबाब दिएका छन् । गत बिहीबार कार्यालय परिसरमै गई कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै जिल्लाका प्राविधिकहरूले जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रदेश सरकारलाई दबाब दिएका हुन् ।

आइतबार जलश्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेको नेतृत्वमा गएको टिमले प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई ज्ञापनपत्र बुझाएका छन् । कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तथा रसुवामा कार्यरत प्राविधिकको सुरक्षा गर्न माग राख्दै ज्ञापनपत्र बुझाइएको जलस्रोत जथा सिँचाइ विकास सब डिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेले बताए ।

गत ४ कात्तिकमा इन्जिनियर कुशवाहलाई लाठीसहित प्रवेश गरेका जनमत पार्टीका कार्यकर्ताले उनको लुगा च्यातेर नगर परिक्रमा गराएका थिए । ‘देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा उदण्डता र अराजकताको परकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृंखल गतिविधि गरी एक राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार घटना देशको सुरक्षा र प्रशासनमाथि प्रश्न चिह्न खडा गर्ने भएकोले उक्त घटना कुनै पनि हालतमा क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.