
कपिलवस्तु , कार्तिक ७
आज चार बिद्यार्थी संगठनले ६ बुदे माग राख्दै सिद्धार्थ क्याम्पस प्रमुखलाइ ज्ञापनपत्र बुझाएका छन् । बुङचि स्थित सिद्धार्थ क्याम्पसका प्रमुख खेमराज शर्मासमक्ष चार विद्यार्थी सङ्गठनले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ७ दिन भित्र आफुहरुको माग पुरा नभए भैपरी आउने क्षेतिको जिम्मेवारी क्याम्पसको हुने भनी अल्टिमेटम समेत दिइएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं) का जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोना अविधिभर अनलाइनको नाममा अनावश्यक शुल्क लिइएको , छात्रवृत्ति बितरणमा आपङ लगायतलाइ नस्मेटिएको , भर्ना शुल्क लगायतमा चर्को असुली , दलगत नियुक्ति , प्राध्यापक , उपप्रध्यापक लगायत प्रति राजनीतिक पुर्बग्रहा भैरहेको आरोप लगाउदै तत्काल सुधार गर्न माग गर्दै ज्ञापनपत्र दिइएको छ । यसैगरी ज्ञापनपत्रमा तत्काल सबै राजनीतिक दललाइ समेटेर क्याम्पसको संचालक समिती गठन गर्न समेत माग गरिएको छ ।

उक्त ज्ञापनपत्र विद्यार्थीहरुको उपस्थितिमा क्याम्पस प्रमुखलाइ दिइएको र विद्यार्थीका माग दिइएको समय भित्र पुरा नगरिए आफुहरुले आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरिशचन्द्र खनालले बताएका छन् ।

