
कपिलवस्तु / कार्तिक १२
अण्डा प्रवर्धन अभियानमा जिल्ला अण्डा व्यापारी तथा अण्डा उत्पादकहरुलाई सहभागी गराउने उद्देश्य ले निजी क्षेत्रहरु र कुखुरा पालक कृषकहरु तथा सरोकारवालासंग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाको आयोजनमा यू. एस. ए.आइ.डी.को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम मार्फत कपिलवस्तुको १० वटै पालिकाबाट स्थानीय निजी क्षेत्रहरुसंग अन्तरक्रिया तथा कुखुरा पालक कृषकहरु तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला भेटनरी अस्पताल तथा विज्ञ केन्द्र तौलिहवाका प्रमुख डाक्टर उत्तम आचार्य ले जिल्ला भेटनरी अस्पतालवाट यस वर्ष संचालन हुने क्रियाकलाप, अण्डाको महत्वको साथै अण्डा सम्बन्धी राष्ट्रीय तथा अन्र्तराष्ट्रीय मापदण्ड लगायत ढुवानी, ग्रेडिंग , प्याकेजिंग जस्ता प्राविधिक विषहरुको बारेमा बताउनु भएको थियो । यस्तै डाक्टर गणेश पुन ले अण्डामा पाइने पोषण तत्वहरु बारे तुल्नात्मकरुपमा सुआहारा कार्यक्रमको परिचय, पोषणको अवस्था, अण्डाको महत्वको साथै अण्डा प्रवर्धनमा मेरो शक्ति अभियान वारे जानकारी गराई सो अभियानमा निजी क्षेत्रहरुको सहभागिता बारे बताएका थिए ।
सुआहारा प्रदेश कृषि संयोजक अर्जुन श्रेष्ठ प्रस्तुतीकरणमा जिल्ला भेटनरी अस्पताल तथा विज्ञ केन्द्र तौलिहवाका प्रमुख डाक्टर उत्तम आचार्यको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल को प्रमुख आतिथ्यता, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष अंजु शर्मा को विशिष्ट अतिथिता फिल्ड संयोजक कमला सापकोटा को संचालनमा सोही कार्यक्रममा कुखुरा पालक कृषक संजाल गठन गरिएको कुरा सुआहारा प्रदेश संयोजक भरत शर्माले जानकारी गराउनु भएको छ ।
