राष्ट्रिय जनगणना २०७८ काे मुल गणनाकाे लागि गणक तालिम सुरु

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
राष्ट्रिय जनगणना २०७८ काे मुल गणनाकाे लागि गणक तालिम सुरु भएको छ ।

आज बाट बझाङ जिल्लामा रहेका १२ वटा स्थानीयतहहरुमा खटाईने मुल गणनाकाे लागि ४ दिने तालिम सुरु भएको हाे । जिल्लामा २८७ वटा गणकहरुले १२ वटै स्थानीय तहकाे गणना गर्ने छन । आज सुरु भएको तालिमकाे उद्वघाटन गर्दै प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले गणनामा खटिने गणकहरुलाई जाेश जागर ईमान्दारीता र सत्य तथ्य डाटा सँकलन गर्नका लागि निर्देशन तथा सुभकामना दिनुभएको थियाे ।

sahani furniture udyog

जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिँह धामीले गणकहरुनै वास्तविक तथ्यांक सँकलनका खम्बा भएकोले सत्यतथ्य डाटा सँकलन गर्न याेग्य बनाउने उदेश्यले ४ दिने तालिम आयाेजना गरिएको कुरा उहाँले बताउनु भयाे । हाल, करिव ३८ हजार ४ सय घरपरिवार बाट अक्सर बसाेवास गरेको जनसंख्या बिदेश गएका सँख्या जातजाति धर्म पेशा भाषा बैवाहिक स्थिति मातृ मुत्यु सख्या , उमेर लिङ्ग अनुसारको जनसंख्या पालिका तथा वडा तहसम्मको प्राप्त हुने विश्वास व्याक्त गर्नु भएको हाे । आज बाट सञ्चालनमा आएको तालिम ४ दिनमा समापन गरिने तथा कार्तिक २५ बाट स्थलगत गणनाकाे लागि गणक परिचालन गरिने सहायक जिल्ला जनगणना अधिकारी पाल्साङ लाेप्चनले जानकारी दिनु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.