लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो

0
Quantam abroad studies

बुटवल, १४ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् । लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको र नेपालको गौरवसमेत रहेको बताएकी छन् । ‘म एउटै कुरा भन्छु, गौतमबुद्धको जन्म नेपालमै भएको हो’, उनले भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञानआर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ, त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएको भण्डारीको भनाइ छ । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन’, भण्डारीले भनिन् ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए ।

sahani furniture udyog

‘महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रूपमा बनिरहेको, तर अपूरो विहार देखेपछि काठमाडौँ महानगरले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो’, उनले भने, “त्यहीअनुसार सहयोग गरेका हौँ ।’

अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको देखेको शाक्यले बताए । नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालको मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । काठमाडौँ महानगरपालिकाको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.