
कपिलवस्तु , कार्तिक १४
ने.क.पा.माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) कपिलबस्तुकाे सँगठन विस्तार एवम सुदृढीकरण अभियान अन्तर्गत शुद्धाेधन गाउँपालिकामा रहेकाे श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा प्रशिक्षण सँगसँगै ईकाई कमिटी गठन गरिएको छ ।
कार्यक्रममा शुद्धाेधन गाउँ कमिटीका अध्यक्ष गाेरखनाथ यादवकाे अध्यक्षता तथा जिल्ला अध्यक्ष हरिश चन्द्र खनालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नरेन्द्र धाेविकाे अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरियाे छ । नव गठित कमिटीको पदाधिकारिमा उपाध्यक्षमा गिता चाई, सचिवमा सुनिल यादव, काेषाध्यक्षमा पुजा धाेवि , सहसचिवमा साधना कुर्मी ,सह-सचिवमा दिनेश यादव रहेका छन ।

कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई समसामयिक देशकाे वर्तमान राजनैतिक अवस्था, नेपालकाे राजनितिमा विद्यार्थीकाे भुमिका , सँबैधानिक रुपमा प्राप्त विद्यार्थीकाे हक अधिकार , सँगठनिक ईतिहास र सँगठनकाे आगामि कार्ययाेजना लगायतका विषयबस्तुहरु माथि जिल्ला अध्यक्ष हरिश चन्द्र खनालले प्रकाश पारेका थिए ।
