
श्याम कुमार बिश्वकर्मा / कपिलवस्तु
आज असोज १५ गतेका दिन मायदेवी गाउँपालिकामा ३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मायादेवी गाउँपलिका प्रमुख बजरंगी प्रसाद कुर्मीको प्रमुख आतिथ्यता उक्त जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको हो । आज पालिकाको तर्फबाट आयोजित त्यस कार्यक्रममा १०० जना जेष्ठ नागरिकको उपस्तिथि रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि गिता तिवारीले आएका जेष्ठ नागरिकलाइ दोसल्ला ओढाएर सम्मान गरेकी थिइन। सम्मानसंगै आयोजकले जेष्ठ नागरिकलाइ १ छाता , १ टर्च , १ केजी चवनप्रास , आधा केजी घ्यू र लाम्खुट्टेबाट बच्न १ थान झुल बितरण गरेको छ ।
यस्तै कार्यक्रममा बोल्दै पालिका प्रमुख बजरंगी प्रसाद कुर्मीले निकट भबिस्यमा यस्ता कार्यक्रमलाइ निरंतरता दिने , सबै वडामा यस्तो कार्यक्रम गरिने , जेष्ठ नागरिकलाइ नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने र मुटु तथा मिर्गौला पीडितलाइ २५००० को आर्थिक सहयोग गर्ने बताएका थिए । कुर्मीले आज हामी युवा छौँ भोलि हामी पनि यहीँ वृद्ध अवस्थामा पुग्ने छौ भन्दै युवाहरुलाइ जेष्ठ नागरिकको सम्मान र हेरचाह गर्न अनुरोध समेत गरेका थिए ।

त्यस कार्यक्रमको विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना , १ न. वडा अध्यक्ष हरिगोबिन्द चौधरी , २ न. वडा अध्यक्ष सर्फुदिन मुसलमान , ३ न. वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी , ८ न.वडा अध्यक्ष कृष्ण नारायण तिवारी रहेका थिए ।
यसैगरी सो कार्यक्रममा नागरिक समाज , बुद्धिजीवी , पत्रकार पालिकाको कर्मचारी समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पालिकाका लेखा अधिकृत प्रकाश गौतमले गर्नु भएको थियो ।

