
कमलेश चन्द्र गुप्ता / कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर बहादुरगंज क्षेत्रमा साेमबार राति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा अनुगमन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, सो आयोगका सदस्य शिव पूजन यादव र सो आयोगका कर्मचारी सहितका टोलीले आज शिवराज अस्पतालमा अनुगमन गरेको छ।
मुख्यमंत्रीले दिएको निर्देशन अनुसार बहादुरगंजमा फैलिएको झाड़ा पखला प्रकोपको अवस्था बारे बुझ्न आएको योजना आयोगको उपाध्यक्ष राम देव क्षेत्री बताउनुभएको छ । सो प्रकोपको यथासीघ्र समाधान गर्नका लागि प्रदेश सरकारबाट पहल भईरहेको उहाँले बताउनुभयो। सो नगरपालिकाकाे वार्ड नं ५, ७, ८ र ९ मा बिरामीहरुको चाप बढ्दै गएको छ। बहादुरगंज र आसपासका देवानगढिया, जमुनी, सुखरामपुर , दयानगर , बभनपुरवा, जुमिला, विजयनगर , डबरा लगायतका गाउँहरुमा सोमवार रातिदेखि नै हैजा विरामी बढेकाले शिवराज अस्पतालमा बिरामीको चाप बढेको छ ।
बिरामीको चाप बढ़ेपछि अस्तपतालमा ठाउ नभएकोले शिवराज अस्पतालका गल्ली, बरन्डा र महेन्द्र आधारभूत र राम गोरखा मध्यमिक विद्यालयमा राखी उपचार भईरहेको छ । बिरामी बुधवार दिउसो ५ बजे सम्म ३ सय जना शिवराज अस्पताल बहादुरगन्जमा भर्ना भएका थिए भने भर्ना भएका मध्ये ३० जना लाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले जानकारी दिनु भएको छ। १०० जना बिरामीलाई डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको चिकित्सक चौधरीले बताउनुभयो।

चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेश र जिल्लाबाट औषधि सहित स्वास्थ्यकर्मी टोली खठाइएको बताइएको छ ।


