प्र.जि.अ द्वारा सबैलाई सुरक्षा आवश्यकता अप्नाउन अपिल

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
देश भरि भईरहेकाे बदलिँदो माैषमका कारण सुदुरपश्चिमका केही जिल्लाहरुमा निकै भारि बर्षा भएको छ ।

बझाङ बाजुरा अछाम टाेडी दार्चुला लगाएतका जिल्लाहरुमा विभिन्न तटिय स्थलहरु छन । ठुला खाेला नाला नदिहरु पनि बगिरहेको यिनी जिल्लाहरुमा सबै जिल्ला बासिन्दालाई सतर्कता अप्नाउन हार्दिक अपिल गरिएको हाे ।

सावधानी अप्नाउने सम्वन्धि सुचनामा लेखिएको छ । हाल भारतकाे आन्द्रा प्रदेश तथा अाेसिडाकाे तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गईरहेकाे पश्चिमी वायु प्रणालीको सयुक्त प्रभावले गर्दा कार्तिक १ गते देखि सामान्य देखि पुर्ण बदलिएको माैषमले सुदुरपश्चिमकाे धेरै स्थानमा मेघगर्जन भई खाेला नाला भएको तटीय क्षेत्रमा हुन सक्ने क्षेती बाट सबैलाई सजक रहन र आफ्नाे ख्याल गर्न र सुरक्षा सतर्कता अप्नाउन अनुराेध गरिएको छ । कहि कतै बर्षादले कुनै क्षेती गरेकाे खण्डमा तुरुन्तै प्रहरीलाई खवर गर्न र हामीले गर्ने सहयाेग सदैव उच्च स्थानमा रहने प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे भनाइ छ । बझाङ आफै भिरालाे र धेरै खाेलानाला भएको भू भाग भएको कारण क्षेती हुन सक्ने देखिन्छ आ आफ्नो स्थानमा सजक रहन अनुराेध गरिएको हाे ।

sahani furniture udyog

अहिले अविरल बर्षादले गर्दा जयपृथ्वी राजमार्ग अन्तरगत बागथला चैनपुर सडक खण्डको नारुगाैडामा माथिवाट आएकाे लेदाेका कारण सडक खण्ड अवरुद्ध भएको छ । भारि बर्षाद हन थालेपछि माथिवाट आउने लेदाे झन झन बढ्दै गएकाे भन्दै लगाएको जेसिविले पनि काम गर्न गार्‍हो भएको र बर्षाद नराेकीए सम्म बाट खुल्ने अवस्थामा नरहेको डिएसपी रुपक खड्काले बताउनु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.