अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् : गृहमन्त्री खाण

0
Quantam abroad studies

भैरहवा, कात्तिक १
गृहमन्त्री बालकृष्ण खाणले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही आएका गृहमन्त्री खाणले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भीि निर्देशन दिएका हुन् ।

सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्दै आमनेपाली नागरिकको जीवन रक्षा गर्नु भएकाले आमनागरिकको रक्षाको सुप्रबन्ध गर्ने काम सरकार र गृह प्रशासनको भएको भन्दै सुरक्षा प्रमुखहरूलाई खाणले सम्झाए ।

sahani furniture udyog

‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’

फरक प्रसंगमा बोल्दै गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको बताए । सुनौलीमा पाँच किलोमिटरसम्म मालवाहक गाडीहरूको पार्किङ लाग्ने गरेकाले त्यो समस्या समाधान गर्न सारोकारवाला निकायसँग मिलेर व्यवस्था मिलाउने र निर्माणाधीन विमानस्थल छिटोभन्दा छिटो संचालनमा ल्याउन सार्थक प्रयास गरिरहेको उनको भनाइ थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.