दुई दिनदेखि अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री बडु गोकुलेश्वर पुगे

0
Quantam abroad studies

बैतडी, ३ कात्तिक
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो ।

सडक खुलेसँगै आवतजावत सहज भएको छ । बर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो । सडकमा पहिरो गएपछि बीचमाटो मै अलपत्र रहेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।

sahani furniture udyog

सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकाम जान लागेका संघीय सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु बाटो मै रोकिएका थिए । सडक खुलेपछि मन्त्री बडु पनि गोकुलेश्वरतर्फ प्रस्थान गरेका छन् ।

अहिले मन्त्री बडु गोकुलेश्वरस्थित कार्यक्रममा सहभागी भएका छन् । मन्त्री बडु मंगलबार बिहानै दार्चुला पुग्ने भने पनि अझै पुग्न सकेका छैनन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.