अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई जना पक्राउ

0
Quantam abroad studies

सिरहा, १६ कात्तिक
सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका- १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

sahani furniture udyog

उनका अनुसार प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ वर्षीय शत्रुद्यन राम पक्राउ परेका हुन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.