कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास जारी रहेको छ : सदस्य यादव

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलबस्तु , कार्तिक २१
कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास रहेको योजना आयोगका सदस्य शिव पूजन यादवले बताउनु भएको छ। कृष्णनगरको बहादुरगंजमा रहेको राम गोरखा माबिलाई नै प्रादेशिक विश्वविद्यालय बनाउने प्रयास गरी रहेको उहाले बताएका छन् ।

जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ भिल्मीमा शनिवार आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो। विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा हासिल गर्न बहिर जानु पर्ने बाध्यता नरहने र आफ्नै गाउँमा हासिल गर्न सकिने उहाँले बताउनु भएको छ। उहाँले भने आफु लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भएपछि धेरै जसोले योजना म सँग माग गरेका थिए र माग मध्ये धेरै जसो योजना स्वीकृत पनि भई सकेका छन। कृष्णनगर वार्ड नं ६ लाई लक्षित गरी बुटहनिया देखि अजिगरा हुदै भिल्मी बार्डर सम्म सडक स्तरोन्नती , डेरवा , डगरमवा देखि देवानगढिया हुलाकी सडक सम्म सडक स्तरोन्नती, भिल्मी शिव मन्दिर जीर्णोद्धार योजना स्वीकृति भई सकेको छ र भिल्मी विद्यालय वाउण्डरीवाल, कर्मा विद्यालयमा भौतिक संरचना, डेरवा विद्यालय भौतिक पूर्वाधार योजनाको पहल भई रहेको छ।

यसैगरी शिवराज अस्पताललाई पचास बेडको अस्पतालको रुपमा आगाडी बढाउने प्रक्रिया अघि बढेको छ भने कृष्णनगर सामुदायिक अस्पताल बनाउनुको लागी ३ करोड़ बिनियोजन भई सकेको छ उहाले भन्नुभयो।

sahani furniture udyog

सरस्वती आधारभूत भिल्मीले शुभ दीपवली ,भाई टिका तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अधिक्तम ब्यक्तहरु शिक्षामा जोड़ दिनुभएको थियो। शिक्षा नै सबैभन्दा ठुलो धन रहेको कृष्णनगर वार्ड नं.६ का वार्ड अध्यक्ष देवानन्द शुक्लले बताउनुभएको थियो। शिक्षा भए जूनसुकै ठाउँमा धन कमाउन सकिन्छ त्यसैले बालबालिकाहरूलाई विद्यालय पठाउन उपस्थित सबैमा आग्रह गर्नु भएका थिए।

कार्यक्रम सरस्वती आधारभूतको प्रागणमा सयौंको उपस्थितमा भएको स्थानीय पृथीपाल तेलीले जानकारी गराउनु भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.