महिनावारीको समस्यामा स्वास्थ्य र सरसफाईका कारण विधयालय आउँदैनन् छात्रा

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ्ग
नेपालका सामुदायिक बिध्यालयमा अध्ययनरत छात्राहरु मध्ये अधिकांश क्षेत्रमा रहेका बिध्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समस्यामा स्वास्थ्य र सरसफाईका कारण बिध्यालय आउने गरेका छैनन् ।

स्वास्थ्यमा जटिलता शृर्जना हुने यो अबस्थामा बिध्यालय जाने उमेरका छात्राहरुले सो समयमा बिध्यालयको पढाई नै छोड्ने र यो क्रम निरन्तर चल्दै जाँदा बिद्यालय नै छोड्ने अवस्था शृर्जना भएको छ । यसै बिषयलाई मध्यनजर गरी आर्थिक वर्ष २०७६÷०७७ को वजेट बक्तब्यको बुंदा नं ३८ मा देश भरका सबै सामुदायिक बिध्यालयहरुमा छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम समाबेस भएको र यस बर्षको निती तथा कार्यक्रममा समेत यस कार्यलाई प्रार्थमिकताका साथ समाबेश गरिएको हो ।

मुलुक भरका २०००० सामुदायिक बिध्यालयमा रहेका ६–१२ कक्षामा अध्ययनरत करिब १४,१६,४५४ छात्रालाई स्यानिटरी प्याड आबश्यक हुने अनुमान गरिएको छ ।
नेपाल सरकारले धेरै समयको अन्तरालपछी बिध्यालयमा अध्यायनरथ बालीकाहरुलाई मध्येनजर गरेर सेनिटरी प्याड सम्बन्धी ब्यबस्था गरेको छ । नेपाल सरकारको उक्त निणर्यबाट धेरै बिध्यालयमा अध्यायनरथ किशोरीहरु लाभाम्बीत त भएका नै छन् तथापी उक्त प्याडको प्रयोग पछीको ब्यबस्थापनलाई ब्यवास्था गर्दा वातावणीय प्रभाव पर्ने नै भयो यस्तो वातावणीय प्रभावबाट बझाङ्ग जिल्ला अछुतो रहने कुरै भएन ।

sahani furniture udyog

सेनिटरी प्याड को सहि ब्यबस्थापन नभएकाले सेती नदि र बाउली गाड किनारा मा जताततै प्रयोग गरीसकेका प्याडसहजै देख्न सकिन्छ ।जसले गर्दा वातावरणमा सहजै असर पर्दछ । एक जना महिलाले आफ्नो जिवन अवधि भर महिनावारी को उमेरमा मात्र १ ट्कजती सेनिटरी प्याडको प्रयोग गरेको अध्यायनले देखाउन्छ । महिनावारीको समयमा प्रयोग गरीयका सेनिटरी प्याड अधिकांस नदि किनामा नै बिसर्जन गर्ने परम्परा जस्तै बनेको छ जसले गर्दा वातावणीय प्रभाव त पर्ने नै भयो तथापी यो सेनिटरी प्याड ९५५ पलास्टीबाट बनेकोले सहज रुपमा माटोमा कुहिदैन वा सड्दैन् । यस्तो पलास्टीबाट निर्मीत प्याड नदिमा बिसर्जन गर्दा माछाको प्रजनन् मा पनी कमी आउन्छ जुन हामी सहजै अनुभुती गरीरहेकै छौ । बिध्यालयमा बितरण गरीयका प्याड बिसर्जनमा समस्या र वातावरण मैत्री पनी नभयको अध्यायनले देखाएको छ ।

यि माथीका सबै कुराहरुलाई मध्यनजर गर्दै स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल ९हियर नेपाल० सामाजिक संस्थाले पहिलो चरणमा बझाङ्घ जिल्लाका स्थानिय निकाय संग सहकार्य गरी बिध्यालयमा अध्यायन रथ किशोरी र तिनीहरुका आमाहरुलाई गरी पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री anti-micro biotic biodegradables सेनिटरी प्याड बितरण कार्यक्रम बाट अबीभाबक तथा वातावरणमा कामगर्ने संघ संस्था र सराकारबालाहरु उत्साहीत भएको देखीन्छ जसको प्रयोग बाट केही हतसम्म भएपनी वातावरण लाई स्वच्छ राख्न मद्धत गर्ने छ । अन्य सेनिटरी प्याड को दाजोमा यो पुनः प्रयोग गर्न मिल्ने प्याड ५ गुना सस्तो पर्ने संस्थाका अध्यक्ष माधव सुवेदीको दाबी रहेको छ । यस्ता कार्यक्रम दिगो भएको खण्डमा वातावरण प्रदुषणमा सहजै कमी आउने देखीन्छ ।

कुनैपनी कुरा परीवर्तन सानो प्रयास बाटपनी सम्भव हुन्छ । यो एउटा उदाहरण मात्र हो नेपाल सरकारले यस्ता खालका कार्यक्रम लाई प्रोत्साहन गरेको खण्डमा वातावरण प्रदुषण दुरुत्साहान मा नेपाल को भुमिका अग्रणी देखीन सकिन्थ्यो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.