
शत्रुघन खरविन्द , कपिलवस्तु , मंसिर ७
जिल्लाको मायादेबी गाउँपालिकाले दैबिक प्रकोप बाट पिडित किसानहरुको घाउमा मलहम लगाउने कार्य गरेको छ ।अबिरल बर्षा तथा दैबिक प्रकोपका कारणले घर , बालीनाली , माछा चौपयालाई क्षती भएको किसानहरुलाई क्षति अनुसारको सक्दो राहत स्वरुप सम्बोधन गरेको छ ।
पालिकाले २०७८ भादौ २० गते प्रकाशन गरेको सुचना अनुसार धानबालीमा बर्षाले क्षति पुर्याएका किसानहरुलाई राहत स्वरुप पालिकाले आन्तरिक श्रोत बाट प्रतिकिसान ४० किलो दरले गहुँको बिउ दिइएको छ । बिजया , एन.एल,भृकुटी र आदित्य जातको गहुँ पिडित किसानहरुलाई बितरण गरिएको कुरा मायादेबी कृषि सेवा शाखाका कृषि प्राबिधिक बाल कृष्ण बरईले बताउनु भएको छ ।

उक्त राहत पालिका भित्रका वास्तविक पिडित २ सय ५३ जना किसानहरुलाई बितरण गरिएको हो ।
