नागरिकको स्वास्थ्य प्रति गम्भीर छुः वडाध्यक्ष पाण्डेय

0
Quantam abroad studies

एसएमन्युज संवाददाता
कपिलवस्तु १६ मंसिर

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका अन्र्तगत वडा नं. १० को अगुवाईमा धनकौली स्थित श्री धनकौली माध्यमिक विद्यालयको प्रांगणमा मंगलवार निःशुल्क आँखा शिविर सम्पन्न भयो ।

नियमितरुपमा वडाको गाँउवस्तीमा गई जन समुदायको आधारभुत समस्याहरु बुझ्ने क्रममा ज्येष्ठ नागरिकहरुको आँखामा समस्या भएकोले शिविर आयोजना गर्नुपरेको उक्त वडाका वडाध्यक्ष संदीप पाण्डेयले बताएका छन् ।

कपिलवस्तु नेत्र ज्योति संघको सहयोगमा संचालन भएको उक्त शिविरमा ज्येष्ठ नागरिक तथा अन्य उमेर समुहका र छिमेकी वडाको गरी २ सय ९८ जना पुरुष तथा महिलाहरुले लाभ उठाएका छन् ।

sahani furniture udyog

संघको सहयोग र वडाको अगुवाईमा भएको उक्त शिविरमा आँखा जाँच गराएका मध्ये ८१ जनामा जटिल समस्या देखिएकोले अप्रेशनको लागि तौलिहवा आँखा अस्पताल रिफर गरेको बताउँछन संघका चिकित्सक प्रमोद यादव ।

आँखा जाँच गराएकामा धेरै जसोमा आँखामा मासु पलाउने र मोतिबिन्दुको समस्या देखिएको छ र जसमध्ये २१ जनाको अप्रेशन सफल भईसकेको र बाँकीको पनि आइतवार सम्म हुने चिकित्सक यादयले जानकारी गराए ।

यसरी आफ्नै गाँउ घर नजिकै आँखा जाँच गराउन पाउँदा मोतिबिन्दुको अप्रेसन गराउने मध्येका एक बिजगौरीका वसीर मोहम्मद धुनियाले खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद व्यक्त गरे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.