पृथ्वीनारायण शाहको जयन्ती मनाउदै राप्रपा द्वारा सार्वजनिक विदाको माग

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
आज नेपालको मानचित्र बदल्ने नायक पृथ्वीनारायण शाहको ३००औं जन्मोत्सवको दिन हो। उनको राजनीति, कुटनीति, सूचना, सैनिक र आर्थिक रणनीतिको सफल व्यवस्थापनबाट नेपालको मानचित्र बदलिएको हो।

उनको नेपाल एकीकरण अभियान १८०१ सालको नुवाकोट युद्धदेखि १८६१ मा कागडा युद्धसम्ममा नेपाल पुन: पूर्वमा टिस्टा, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो। पृथ्वीनारायण शाह को ३००औ जयन्ती आज कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच वहांलाई याद‌ गर्दै मनाएका छन।

आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथि मा राप्रपा का पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरिया, विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र,अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथि हरू रहेका थिए l

sahani furniture udyog

उपस्थित वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिदै पृथ्वीनारायण शाहले को जीवनी बारे जिक्र गरी वहां दे देश बनाउनाको लागि उठाएगा ठोस कदम हरु बारे समेत चर्चा गरेका दिए। राप्रपा कृष्णनगर पार्टी कर्यालय बाट बाजागाजा का साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियोl कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् l

उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो।

कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.