
काठमाडौ
राष्ट्रिय सभाका सचेतक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खिम लाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ती दिएका छन् ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी हनुमान मन्दीरको शिलन्यास कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भट्टराईले बिबादास्पद अभिव्यक्ति दिएका हुन् ।लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दीर सगै मुस्लिम समुदायको लागी अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने विवादास्पद अभिव्यक्ती भट्टराईले दिएपछि चौतर्फी बिरोध शुरु भएको छ । हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी सदस्य भट्टराईको चर्को आलोचना भएको हो ।
भट्टराईको बिबादास्पद अभिव्यक्ती पछी हिन्दुबादी संघसंगठन बिरोधमा उत्रिएका छन् । नेपाल विश्व हिन्दू महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषादले भट्टराईको अभिव्यक्तिको चर्को बिरोध गर्दे भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मदरसा बनाउने अभिव्यक्ती दिनु आपतीजनक भएको बताएका छन् । निषादले भारत जस्तै नेपालमा समेत मुस्लिम तुस्टिकरणको राजनीति शुरु हुन देशकोलाइ खतराको संकेत भएको बताएका छन् ।
निषादले आफु मुस्लिम धर्मको बिरोधी नभएको तर छिमेकी राष्ट्र भारतमा मुस्लिम द्वारा देश नै बिखन्डन गर्दै लाखौं हिन्दुको हत्या सहित हजारौं मन्दिर समेत तोडेको इतिहासले गर्दा नेपाली समेत सचेत हुनु पर्ने बताउछन् । उनले बिस्तारै नेपालमा भट्टराई जस्ता नेताका कारण मुस्लिम समुदायले हिन्दु माथी ज्याजति गर्न शुरु गरेको समेत बताएका छन् ।

लुम्बिनी स्थित एक विगहा एक कट्ठा क्षेत्रफलको जग्गामा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकार को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६५ प्रतिशत रकम र नगरपालिका को ३५ प्रतिशत रकमको लगानीमा सो मन्दिर निर्माण हुने भएको छ । उक्त मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
यसमा मूख्य रूपमा रामजानकी हनुमान मंदिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य समेत गरिनेछ । यस कार्यको ठेक्का यसै मंसीर महिना १५ गते स्विकार भएर निर्माणका लागि ठेकदार कम्पनी सित सहमति भइसकेको नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताएका छन्।
शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो ।
