पत्रकारहरू जनताको आवाज रहेको हुन् – मेयर शाह

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले गर्नुभयो ।

शिवराज मिडिया प्रा. लि. को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तालिम सम्पन्न हने छ ।

कार्यक्रमको अध्यक्षता शिवराज मिडिया प्रा. का अध्यक्ष मनिष कुमार गुप्ता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरण मान बज्राचार्य, अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिष कार्की, प्रेस चौतारी कपिलवस्तु अध्यक्ष जानु पाण्डेय , प्रेस युनियनको उप सभापति खग प्रसाद चापागाई रहनुभयो ।@

sahani furniture udyog

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले कार्यक्रम सफलताको कामना गर्दै समाजमा भएका विकासहरूलाई यथार्थ चित्रण गर्ने पत्रकार हरू जनताको आवाज रहेको बताउदै आफूबाट पत्रकारिता विकासमा हुन सक्ने सहयोग गर्ने बताउनुभयो

तिन दिने आधारभूत फोटो पत्रकारिता तालिममा करिब २० जना सहभागी रहेका छन् । कार्यक्रममा प्रशिक्षकका रूपमा मनोज पौडेल रहेको जानकारी आयोजक ले दिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.