
उत्तमकुमार थापा , बझाङ
काेशेली घरको उद्घघाटन गरिएको छ । देशका विभिन्न जिल्लाहरुले आ- आफ्नो जिल्ला लाई चिनाउने उदश्यका साथ बझाङ जिल्लाकाे रैथाने अन्न बाली बाट जिल्ला लाई चिनाउन सकिने भन्दै सदरमुकाम चैनपुरमा बझाङ काेशेली घरको उद्वघाटन गरिएको हाे ।
स्थानीय उत्पादन लाई माया र बढावा दिअाै,कृषि र किशानकाे गरिमा बढाउ भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्ला कृषि ज्ञानकेन्द्र बझाङकाे आयाेजनामा काेशेली घर उद्घघाटन गरिएको थियाे । कार्यक्रममा बाेल्दै कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले भने विभिन्न जिल्लाले लाेक्कललाई बढुवा दिदै आ-आफ्नो जिल्ला चिनाउने भन्दै बझाङ जिल्ला चिनाउन याहाँकाे लाेक्कल अन्नलाई भटमास ,फापर,भागाे,जाैँ,मकै काेदाे,टिम्मुर गहत लगाएत स्थानीय उत्पादनले जिल्ला चिनाउने उहाँको भनाइ रहेको थियाे ।

कार्यक्रममा बिगतकाे लामो समय देखि सफल उद्धमी बसन्त खड्काले चालेको कदमलाई कदर गर्दै,उहाँले लाखौंको स्थानीय उत्पादन लाई अगाडि बढाएको भन्दै धन्यवाद ब्याक्त गरिएको हाे । आज उद्घघाटन गरिएको काेशेली घरको बसन्त खड्काकाे अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक खडक खड्का विशिष्ट अतिथि उपमेयर जुना जार्गी लगाएत सबैको उपस्थिति रहेकाे थियाे यसलाई अगाडि बढाँउन हातेमालो गराै भन्दै उत्साह थपिएको थियाे ।
खड्काले जिल्लामा रहेका स्थानीय स्थानमा उत्पादित गरिएका अन्नवाली देखि विभिन्न तरकारी दालहरुकाे पशल सदरमुकाम चैनपुरकाे चाैराह नजिकै राखेका छन उनलाई उत्साह दिनको लागि कृषि ज्ञानकेन्द्र बझाङ मार्फत सरकारले ५ लाख अनुदानमा बझाङ काेशेली घरकाे उद्घघाटन गरेको हाे ।
