
कपिलवस्तु , लवनी
शुद्धोधन गाउँपालिका -लबनीको सहयोग र जनकल्याण युवा क्लबको आयोजनामा किशोर किशोरी तथा युवाको लागि आत्मरक्षा सम्बन्धी तीन दिने तालिम आज सु-सम्पन्न गरिएको छ ।
तालिम उदघाटन क्रममा प्रमुख अतिथि/गाउँपालिका अध्यक्ष निसार अहमद खान अनुसार “किशोर किशोरी तथा युवा आफूमाथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले तीन दिन तालिम दिइएको हो”।

शुद्धोधन गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत दिनेश गौड,सचीव ईश्वरि न्योपाने,लेखापाल जियाउररहमान खान को अनुगमन र रहोबरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।पालिकाको कर्मचारीहरुले युवाहरूलाई देश को मेरुदण्ड भन्दै सहभागी युवाहरूको मनोबल उच्च गर्ने अभिव्यक्ति राखेका थिए ।
“शारीरिक ब्यायामले मानसिक रुपले परिपक्व बनाउनुका साथै कुनै पनि अवस्था मा आत्मबल बढाउने गर्दछ।”भन्दै प्रशिक्षक हेमराज कुर्मी र पृथ्वी राज चौधरी(जनकल्याण युवा क्लब-अध्यक्ष/संस्थापक) ले यसलाई निरंतरता दिने भनी प्रतिबद्धता पनि जनाएका छन ।


