खप्तड छान्नाकाे पाटादेवलमा अस्थायी प्रहरी पाेष्टमा रहेको गाेलघरकाे उद्घघाटन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ पाटादेवलमा रहेको अस्थायी प्रहरी पाेष्टकाे गाेलघरकाे उद्घाटन गरिएको छ ।

खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ काे पाटादेवलमा ८३ बर्षिया बृद्ब पुर्ण बहादुर थापाले निशुल्क जग्गा दान गरेपछि अस्थायी प्रहरी पाेष्टमा रहेको घेरवारकाे उद्घाटन गरिएको हाे ।

आजकाे कार्यक्रममा गाउँपालीकाकाे वडा नम्बर ६ का अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकाया बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल डिएसपी ज्ञान बहादुर बिष्ट सशस्त्र डिएसपी रा प अ पवन जाेशी लगाएत नेता समाजसेवी पत्रकारहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

sahani furniture udyog

अस्थायी प्रहरी पाेष्ट पाटादेवलमा भए पछि स्थानीय बासिहरुमा निकै खुसि छाएकाे थियाे । कार्यक्रममा अस्थायी प्रहरी पाेष्टलाई स्थाई बनाउन सबैले सहयाेग गर्नु पर्ने स्थानीयकाे भनाइ रहेको छ । याहाँ प्रहरीले पाेष्ट आएसगै पछि समय शान्ति सुरक्षामा निकै राम्रो भएको र गाउँघरमा हुने झैँ झगडकाे अनत्य भएको स्थानीयहरुकाे भनाइ रहेको छ ।

स्थानीय पुर्ण बहादुर थापाले पाटादेवल माविलाई निशुल्क जग्गा दिएकाे भन्दै उहाँ लाई प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले दाेसल्ला सहित नगद पुरुस्कार हस्तान्तरण गर्नु भएको हाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.