
कपिलवस्तु , तौलिहवा
आज तौलिहवा स्थित बुद्ध ज्योति उच्च मा. बि . मा NPBSAN को छैटौं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाभरीका ४२ निजी विद्यालयका प्रधानाध्यापक र संस्थापक प्रधानाध्यापकको सहभागिता रहेको थियो । जसमा PABSAN भित्र रहेका केही विद्यालय पनि NPABSAN मा प्रवेश गरेका थिए ।
अधिबेशन कार्यक्रमको अध्यक्षता पूर्व अध्यक्ष अजय त्रिपाठी गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि NPABSAN का केंद्रीय सदस्य प्रकाश गैरे , विशिष्ट अतिथि लुम्बिनी प्रदेशका कोषाध्यक्ष चतुर्भुज शर्मा तथा अतिथिमा नेपाल पुस्तक संघका सदस्य अर्जुन चापागाई लगायतका थिए ।
उक्त अधिवेशनलाई सर्वसम्मति बाट सम्पन्न गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा युवराज घिमिरे, वरिष्ठ उपाध्यक्ष राम निवास गुप्ता, उपाध्यक्ष बब्लू चौधरी, सचिव कपिल घिमिरे, सहसचिव राम कुमार भट्टराई, कोषाध्यक्ष परमात्मा चौधरी, सहकोषाध्यक्ष परशुराम चौधरी र सदस्यहरुमा गणेश कुमार श्रीवास्तव, त्रिपुरारी मिश्र, रन बहादुर कुंवर, परमानंद उपाध्याय, खजांची गुप्त, विष्णु कुंवर, राजेंद्र धवंत, कबीर गयाता, शीत बसंत शुक्ला (पिंटु), राधे श्याम शुक्ला, राधे श्याम चौधरी, शैलेंद्र कुमार साहनी, प्रभु दयाल चौधरी, जितेंद्र मणि शुक्ला, गया प्रसाद बरई रहेका छन् ।

नवगठित कार्य समितीका अध्यक्ष युवराज घिमिरेले NPABSAN लाई अब व्यवस्थित र नियमपूर्वक ढंगले लैजादै संगठनलाइ थप सशक्त बनाउने बताएका छन् । कार्यक्रममा NPABSAN को राष्ट्रीय अधिवेशन फाल्गुन 22 गते नेपालगंजमा हुने समेत जानकारी गराइएको थियोे ।
सो कार्यक्रमको संचालन राम निवास गुप्ताले गरेका थिए ।


