
काठमाडौं , चैत ३
दरगाह ए आला हजरत मरकज ए अहले सुन्नत बरेली शरीफले ईंमानबाट पथ विचलित बनाउने जमातबाट दूरी बनाउन फतवा जारी भएको छ। मंगलबार जारी गरिएको फतवामा वहाबी, देवबन्दी, तफजीली, राफजी, अहले हदीस, सुल्हे कुल्ली, तबलिगी, कादयानी लगायतको जमातबाट दूरी बनाउन फतवा जारी गरिएको हो।
लुम्बिनी प्रदेशको दाङ जिल्लाबाट आलीम ए अहले सुन्नत र सामाजिक कार्यकर्ताहरुले उक्त फतवालाई प्राप्त गरेका छन् । लामो समय देखि नेपाली सुन्नी सुफी विचार धाराको मुस्लिम समुदायलाई दीन ए ईस्लामको वास्तविक संदेशबाट पथ विचलिचत बनाउने प्रयास भइरहेको दरगाहबाट जारी गरिएको फतवामा उल्लेख गरिएको छ।
दाङको घोराही कपिलवस्तुको कृष्णनगर लगायतको पालिकाबाट १४ मार्चमा पुगेका अालीम ए अहले सुन्नत १६ मार्च सम्म छलफल गरि फतवा लिएका हुन्। आपसी विवाद समाधानको लागि दरगाह पुगेको मण्डलले दीन ए ईसलामको वास्तविक पहिचानलाई संरक्षण गर्न उक्त फतवा लिएको बताएका छन्। दरगाह ए आला हजरतका वरिष्ठ प्रशिक्षक तथा दरगाहका सचिव सलीम नूरीले वहाबी, देवबन्दी, अहले हदीस, तबलिगी, जमाती, राफजी, कादयानी जमातले दीन ए इस्लामको विपरीत काम गर्ने भएकोले उक्त जमातहरुबाट दूरी बनाउन निर्देशन दिएको बताएका छन्। उहाँले भन्नु भयो नेपालमा सदियौं देखि सुफी विचार धारामा आधारित मुस्लिमहरुको बसोबास रहेको छ। केही समय यता उक्त जमातहरुले पथ विचलित बनाउन अनेकौं प्रयासहरू भैरहेकोले मरकजले फतवा जारी गरेको हो। प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुफी विचार धाराबाट विचलित गरी मुस्लिम समुदायमा वहाबी देवबन्दी, रफाजी, कादयानी, अहले लगायतले विवाद उत्पन्न गरिरहेको छन्।

यस्तो विषम परिस्थतिमा सुफी विचारधारा मुस्लिम समुदायको आस्था र श्रद्धालाई जोगाउन दरगाह प्रमुख सुबहान रजा खान सुबहानी मियाँले वाहाबी, देवबन्दी, राफजी, कादयानी, अहले हदीस लगायतको जमातबाट दूरी बनाउन फतवा जारी गर्नु छ। उहाँले फतवामा यी जमातहरुबाट शादी बिवाह, भोजभतेर, मेलजोल, मस्जिद प्रवेश लगायतको काम नगर्न निर्देशन दिनुभयो। यो विवाद तब उत्पन्न भयो जब घोराहीमा वाहाबी जमातले आफ्नो प्रचार प्रसारलाई तिब्रता दियो र केही सुफी विचार धाराका सुन्नी मुस्लिमहरु यो जमातको संपर्कमा आए । संपर्कमा आएका सुन्नी मुस्लिमहरुको विवाद समाधानका लागि बैठक बसियो। बैठकमा सहभागी भएको अनुयायीहरूले आफु सुफी विचारधाराको रहेको स्पष्ट गर्दै भने की हामीले मान्ने मरकज बरेली रहेकोले त्यहाँबाट आएको निर्देशनलाई नै स्वीकार गर्छौ।
उक्त निर्णय अनुरूप दाङ , कपिलवस्तु जिल्लाका कृष्णनगर , घोराही लगायतका पालिकाका काजी ए शहर सहित एउटा प्रतिनिधि मण्डल बरेली पुगी फतवा तलब गर्यो। फतवामा दिएको निर्देशन अनुरूप काम गर्ने प्रतिबद्धता सहित आलीमहरुको जमात फिर्ता भएको छ।



