प्रदेश सरकारले कारवाही गर्ने थाहाँ पाएपछि सिइओले सज्जन बन्न राजनीनामा नाटक गरेका हुन् – प्रबक्ता शर्मा

0
Quantam abroad studies

बुटवल , चैत १५
लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकाले थप पदिय एवं आर्थिक अनियमिताको अनुसन्धानसँगै कारवाहीको तयारी गरिहरको बेलामा आफ्नो कमजोरीलाई छाकछोप गर्न उनले नाटकीय ढंगबाट चोखिन पहिले नै राजनीनामा दिएका छन् ।

१३ गते दिउसो प्रेस नोट लेखर राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले घिमिरेले प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गर्दा नै करार सम्झौतामा अब कुनै पनि हालतमा पदीय आचरणमा रही काम गर्ने गरी प्रतिवद्धता र सपथ लिएकोलाई उपेक्षा गर्दै घिमिरे विभिन्न निर्माण तथा ठेक्का पक्रियामा ठेकेदारहरुसँग आर्थिक वार्गेनिङ गर्ने, आफूलाई कमिसन नआएमा निर्माणको काममा प्रभावित नै हुने गरी पदको दुरुपयोग गरेको भन्दै लुम्बिनी प्रदेश सरकारले करिव २ महिना यता उनका हरेक क्रियाकलाप नजिकबाट अनुसन्धान गरिरहेको थियो । सो अनुसन्धानमा आफै प्राधिकरण प्रमुख नै विभिन्न व्यावसायीसँग बार्गेनिङ गर्ने, आफूलाई आर्थिक लाभ नभएमा ठेक्का समेत प्रभावित गर्ने, नैतिक आचरण हिन काम गरेकोले उहाँलाई कारवाहीको तयारी गरी रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बताएको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले सो लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेण्डरको प्राविधिक रुपले जाँचबुच गर्ने उनै सिइयोको भएको बताउँदै त्यसमा प्राविधिक रुपमा त्रुटि भएको भन्दै रद्ध गर्ने र अगाडि बढ्न आदेश दिएकोमा उनले आफू चोखो बन्नका लागि सरकारलाई आरोप लगाएको राजनीनामा दिएको बताउनुभयो ।
सरकारको गौरवको आयोजनाबाट आर्थिक लाभ आफैले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अस्पताल लुम्विनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियमा सिइओ नै अनियमितता र मिलोमतोको गरी कुरा नमिलेपछि ठेक्कालाई प्रभावित बनाएको सरकारले बताएको छ ।

sahani furniture udyog

उनले लुम्विनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै उनले ठेकेदारहरुँग निमले प्राविधिक रुपमा लागत बढाएर आफूले मागरेको जनगुनासो आएपछि अदालतमै विचारधिन रहेको बेलामा उनले सक्ने जति चलखेल गर्ने र अन्तिममा सरकारलाई द्वोष लगाएर भागेको निस्कर्ष सरकारको रहको प्रवक्ता शर्माको छ । उहाँले भन्नभयोः–“प्राविधिक रुपमा चेक जाँच गर्ने कुरा उनैको थियो, उनले नै चलखेल गरेका हुन् त्यो कुरा थाहाँ पायौँ र तपाईबाट भएको कमजोरीका स्वीकारेर रद्ध गरेर जाआँँै भन्दा उल्तै राजनीनामा दिएका ह्न् । उनी कहाँ उम्किन पाउँछन् त उनै हुने जिम्मेवार । ” उनले राजीनामा दिनलाई प्रदेश सरकारले आफ्नो पदीय हैसियत भुलेर आर्थिक रुपमा बार्गेनिक गर्ने, सरकारको नाम जोडेर कमिशन नपाएसम्य काम अगाडि नबढाउने लगायताको कामहरु गरेको बताएको छ । उनले भनेका छन् “ राजनधानीका गुरुयोजना निर्माण लगायत भौतिक संरचना निर्माणमा पनि कमचासो दिएको, आफ्नो पदीय जिम्मेवारी प्रति जिम्मेवार नबनेपछि लिखित, मौखिक स्पस्टीकरण लिने र सन्तोष जनक जवाफमा नआएमा कारवाही गर्ने तयाी गरेको थियो ।

सरकारले काम सन्तोष जनक नभएपछि कारवाहीको तयारी गरीरहेको बेला आफ्नो कमजोरीलाई छाक छोप गरी उल्लै प्रदेश सरकारलाई आरोप लगाएर निस्केका छन् । घिमिरेले प्राधिकरणको सुरु मिति देखि केही संकुचित स्फेसिफिकेसन तयार गरेको विषय आएपछी मिलेमतो हुन सक्ने आशंको सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा सुधार नगरेको सरकारको भनाई छ । लुम्बिनी प्रदेश सरकारको गौरवका योजना अन्तर्गत ठेक्का प्रक्रियामा सिओले नै बार्गेनिङ गरी आर्थिक भ्रटचार गर्ने ढंगबाट अगाडि बढेपछि सरकारले कारवाहीको प्रारम्भिक अनुसन्धानमा गरी ठेक्का रद्ध गर्न निर्देशन दिएको सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो । शर्माका अनुसार उनका काम कार्यकाबारमो सरकार थप छानविन गर्ने कारवाहीको अगाडि बढाउने ताएको छ । उनको योजना भनेको आयोजनामा र्बाेनिङ गर्ने र थप कामलाई प्रभावित बनाउने, पुरै प्रदेश प्रदेश सरकारलाई असफल गर्ने योजना अगाडि बढेपछि सरकारे थप अनुन्धानसहित कारवाही अगाडि बढाउने निर्णयमा सरकार पुगेको छ ।

यसरी लुम्बिनी प्रदेश सरकारले नियुक्ति गर्दादेखि नै सरकारलाई असयोग गरेकोल गर्दा थप अनुन्धानसहित कारवाही अगाडि बढाउने थाहाँ पाएपछि नाटकीय ढंगले आफू पानीबाट ओवानो बन्ने गरी दिएको राजनीनामा स्वार्थ नमिलेछि आफ्नो कमजोरीलाई ढाकछोप गर्न दिएको भनि बुझ्न प्रदेश सरकारले सरोकारवालालाई सपष्ट हुन समेत प्रवक्ता तिलकराम शर्माले अपिल गर्नुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.