कृष्णनगरकाे विकासका लागि जनताले गरे रजाैरिया परिवारका युवालाई आग्रह

0
Quantam abroad studies

कपिलवस्तु ।
जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा लामाे समयदेखि जनताका सेवामा खटिँदै आएकाे एक रजाैरिया परिवार पनि हाे । रजाैरिया परिवारले इमानदार, जनताप्रेमी , जनताको सुख, दुख बुझी जनताको माझमा निरन्तर सेवा तथा रक्षा गर्दै आएको र राम्रो छबिसमेत बनाएको रजौरिया परिवारले हाे ।

याे परिवारले बिहिबार आफ्नै निवास शिवानगरमा शिष्टाचार भेंटघाट तथा भलाकुसारी कार्यक्रमको आयोजना गरि कृष्णानगर नगरपालिका क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, भद्रभलादमी, समाजका नेतृत्व वर्ग, समाजिक व्यक्तिसँग भेंटघाट गरेकाे छ । रजौरिया परिवार समाजको कल्याणकारी भावनाका‌ साथ समय-समयमा जनताको बिचमा गई जनताको मनाेभावना बुझी यस क्षेत्रको उत्थान लागि आफुबाट हुन सक्ने हरेक सम्भावनालाई प्रयास गरि जनतासँग हतोमलो गर्दै अगाडी बढेको स्थानीय नेतृत्व वर्गहरुले बताउँछन्।

भेटघाट कार्यक्रमले कृष्णनगरका जनतामा थप उर्जा उत्पन्न भएकाे स्थानीय जनताले बताएका छन् । रजाैरिया परिवारले पुस्ताैदेखि त्यहाँका जनतालाई संरक्षकको रुपमा हेर्दै आएकाे जनताले बताएका छन् । अब रजौरिया परिवारका युवा पुस्ताले कृष्णनगरको राजनीतिमा लाग्न आवश्यक रहेकाे कृष्णनगरबासीकाे भनाइ छ । भेटघाट कार्यक्रमले त्यहाँका जनता उत्साहित हुँदै रजाैरिया परिवारका युवा पुस्ताले कृष्णनगरकाे मुहार फेर्न सक्ने भन्दै समाजसेवाका साथै राजनीतिमा आउनका लागि जनताले आग्रहसमेत गरेका छन् ।

sahani furniture udyog

कृष्णनगर क्षेत्र केही व्यक्ति विशेषहरुले पछाडी पार्ने षड्यन्त्रमा लागेका कारणले आजसम्म यस क्षेत्रमा विकास हुन नसकेको बताउँदै दिनप्रतिदिन कृष्णनगरकाे अवस्था खस्किँदै गएकाे स्थानीयकाे भनाइ छ । अब कृष्णनगरकाे चौतर्फी विकासका लागि रजाैरिया परिवार राजनीतिमा सहभागी हुन नितान्त जरुरी रहेकाे भन्दै स्थानीयले समर्थनसमेत जनाएका छन् । कृष्णनगरकाे समृद्धि तथा शान्ति स्थापनाका लागि राजौरिया परिवारका युवा पुस्तालाई फेरी अगाडी ल्याउनुपर्ने अवस्था देखिएको उनीहले बताउँछन् । रजौरिया परिवारले हरेक धर्म संस्कृतिको पूर्ण सम्मानका गरि जनताको साथमा उभिएको क्षेत्रबासीहरुले बुझाइ छ ।

राजौरिया परिवारका अनुसार कृष्णनगर क्षेत्रको माटोसँग पुर्ख्याैली सम्म्बन्ध रहेको बताएका छन् । यो क्षेत्र र यो क्षेत्रका जनतासँग पुस्तैनी प्रगाढ मायाप्रेम, व्यवहार कायम रहेकोले यहाँका जनतासँग कहिले पनि नटाढिने र क्षेत्रको जनसेवाको लागि आफ्नो पुस्ताहरुसँग वाचा गरेको बताए । रजाैरिया परिवारले भन्याे “हामीले गरेको वाचालाई नबिर्सी जनताको सेवाका लागि कुनै कसर बाँकी नछोडने प्रतिबद्धतासमेत जाहेर गर्दछु” ।

युवा पुस्ता दिपक रजौरियाले कृष्णानगरका किसानहरुको समस्या बुझी आफ्नो पहलमा डिप बोरिंग जडान कार्य सुरु गरेको बताए । उक्त कामले स्थानीयले सराहनीय रहेको र पुर्णरुपमा हरेक समय दिपक रजौरियाको साथ दिन तैयार रहेको किसानहरुले बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.