कपिलवस्तुमा मतदातालाई बाँड्न लगिएको रक्सी बरामद , कांग्रेस उम्मेदवार माथी आरोप

0
Quantam abroad studies

कपिलवस्तु ,बैशाख २८
मतदातालाई लैजाँदै गरेको रक्सी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । बुधवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सानो वर्गदहवामा स्टार ब्रान्डको रक्सी बाँड्दै गर्दा पक्राउ परेका हुन । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिस सहित नियन्त्रणमा लिएको छ ।

१२ कार्टुन (२६० बोतल) रक्सी सहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डि एस पि जेसी शाहले बताए ।

sahani furniture udyog

सो रक्सी नेपाली काँग्रेसले मतदातालाई बाँड्न लागेको स्रोतले दाबी गरेको छ । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ मा उम्मेदवार प्रकाश गैरे माथि रक्सी बाँड्न लगेको आरोप लागेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.