इमाम ए आजम कन्फ्रेन्स कार्यक्रम सम्पन्न सुफि सुन्नि अनुयायीको बाक्लो उपस्थिति

0
Quantam abroad studies

कपिलवस्तु , कृष्णनगर
कृष्णनगरमा इमाम ए आजम कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सुन्नि दरगा ए आला हजरत बाट धेरै पुरानो गहिरो सम्बन्ध रहेको बताउदै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालको सुन्नि सुफि बिचारधाराको अनुयायीहरुको लागी आला हजरत र खानदान ए आला हजरतको ठुलो योगदान रहेको बताइएको थियो । कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दिन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलिम नुरिले नेपाली सुन्नि मुस्लिम समुदाय र दरगाहा ए आला हजरतको बर्षौ पुरानो सम्बन्ध रहेको बताउनु भएको छ ।

उहाँले नेपाली सुन्नि समुदायको आर्थिक समाजिक धार्मिक बिकासको लागी आला हजरत र खानदान ए आला हजरतले बर्षौ देखी काम गर्दै आएको समेत बताउनु भयो । उहाँले नेपाली सुन्नि समुदायको संरक्षण र उन्नतिको लागी खानदान ए आला हजरतले पैदल यात्रा गर्दै समेत काम गरेको बताउनु भएको छ । उहाँ अनुसार मुफ्ति आजाम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल इस्लाम , रेहाने मिल्लत लगायतले नेपालको सुन्नि मुस्लिम समुदायको शैक्षिक आर्थिक समाजिक हितको लागी टेवा पुर्याएका छन् ।

sahani furniture udyog

त्यसैगरी उक्त कार्यक्रममा अतिथिको रुपमा पल्नु भएका राष्ट्रिय उल्मा काउन्सिल नेपालका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरिले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नि सुफि बिचारधाराको मुस्लिमका लागी मुस्लिम युनिभर्सिटी छिट्टै संचालनमा आउने र इमाम अहमद रजा नामक लाइब्रेरी समेत निर्माण गरिने बताउनु भयो । उहाले नेपाली सुन्नि सुफि खानखाहि बिचरधाराको अनुयायीहारुले सभ सम्मेलनमा कटौती गरि शैक्षिक बिकासका लागी बिधालय र युनिभर्सिटीमा लगानी गर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो ।

सभामा प्रमुख अतिथिका रुपमा पल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सुफि मन्नान रजा खानले कार्यक्रमको अन्तिममा नेपालको बिकास र सहौर्दको लागी प्रथना गरेका थिए । इमाम ए आजम कन्फ्रेन्सको अवसरमा मदरजा अल जामियातुल बरकातको १० जना बालबालिकालाइ दस्तार ए हिफ्जुल कुरान गराइएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.