
कपिलवस्तु , असार ९
यशोधरा गाउँपालिकामा आयोजित दशौ गाउँ सभा सम्पन्न भएको छ ।
प्रारम्भिक बैठकमा आ.ब.०७९/०८० को बार्सिक निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीको अध्यक्षाता एवं लुम्बिनी प्रदेशका पुर्ब मन्त्री प्रदेश सभा सदस्य माननीय धर्म बहादुर लाल श्रीवास्तव को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , पत्रकार , समाजसेवी , समाजिक अभियन्ता र सर्वदलीय पार्टी प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । कार्यपालिकाको विभिन्न वार्डका अध्यक्ष , कार्यपालिका सदस्य , पालिका विभिन्न शाखाका शाखा प्रमुखहरुले बार्षिक निति बारे आअफ्नो धारण राखेका थिए ।



सो कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्ब मन्त्री धर्म बहादुरलाल श्रीवास्तवले यशोधरा गाउँपालिकाको बिकासका लागी आफुले गर्न सक्ने सहयोग गर्ने र प्रदेश सरकार संग थप योजनाहरुको लागी पहल गर्ने बताएका थिए ।
यसैगरी पालिका अध्यक्ष तिवारीले आफ्नो मन्तव्य राख्दै शिक्षा र कृषि क्षेत्रको बिकासमा जोड दिदै १० औं गाउँसभाको समापन गरेका थिए । गाउँसभाको बैठक पालिकाको हलमा सम्पन्न भएको थियो ।
