
कपिलवस्तु , असार २२
देशमा युरिया मलको चरम अभाव भएको बेला सत्तारूढ दल तथा प्रशासनको कडा आलोचना भइरहेकै अवस्था छ ।
हिजो कपिलवस्तु प्रहरीले मिनि ट्रकलाई चेक जाँच गर्ने क्रममा विना भन्सार र विना विल ढुवानी गरिएको १७० बोरा युरिया मल र ३० बोरा चिनी समेतको मिनि ट्रकको अन्दाजी जम्मा मुल्य रु १३,७५,०००।– (तेह्र लाख पचहत्तर हजार) बराबरको अबैध सामानहरु आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको सार्बजनिक गरेको बिषयमा जिल्ला प्रहरी कपिलवस्तुका प्रवक्ता जैसी शाहसँग कुराकानी गर्ने क्रममा कपिलवस्तुको प्लाई फैक्ट्रीहरुमा सप्लाई भैरहेको युरिया मल समात्न फैक्ट्रीमा नै छापा मार्नुपर्ने बताएका छन ।

प्लाई फैक्ट्रीमा आवश्यक पर्ने कैमिकल ग्लु बनाउन युरिया प्रयोग गरिन्छ ।
