राज्यको कामलाई प्रभावकारी रुपमा कार्यन्वय गर्न निजामति विधेयक कार्यन्वयनमा लिन मुख्यमन्त्रीको निर्देशन

0
Quantam abroad studies

बुटवल , असार २९
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राज्यको हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएकाले गर्दा निजामति कर्मचारी विधेयकलाई पारित गरी कार्यन्ययनमा लिएपछि मात्रै संघीयता बलियो हुने बताउनुभयो ।

यस्तो कुरा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आयोजना गरेको प्रदेश निजामति विधेयकबारे भएको छलफलको क्रममा बताउनुभएको हो ।
उहाँले प्रदेशका जनतालाई सकरात्मरुपले सेवा प्रवाह गर्ने हो भने कर्मचारी प्रशानलाई जनताको सेवकको रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटो, छरिटो रुपमा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

sahani furniture udyog

मुख्यमन्त्री केसीले संघीयताको कार्यन्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै संघीयताले मुर्तिकृत हुने बताउनुभयो । लुम्बिनी प्रदेशको निजामति कर्मचारी ऐन नमूना र कार्यन्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन निर्देशनसमेत दिनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले संघीयताको मर्म र भावना अनुसार राजनीतिक संघीयता, कर्मचारी संघीयता र वित्तिय संघीयताको सहकार्य र समन्वयमा मात्रै संघीयता बलिम मन्त्री परिषद्को बैठकले पारित गरी प्रदेशसभामा लग्ने गरी तयार गरिएको मुख्यमन्त्री तथा मन्त्र परिषद् कार्यालयका प्रशासन सचिव नरेन्द्र कुमार रानाले बताउनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.