
शहबाज खान , कपिलवस्तु
मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई लुम्बिनी प्रदेशका मुस्लिम समुदाय प्रति गैर जिम्मेवार तथा मुस्लिम समुदायलाई भोट बैंकको रुपमा मात्रै हेर्ने गरेको बताएका छन् ।
बिहिवार मुस्लिम आयोगले भैरहवामा लुम्बिनी प्रदेश सरकार तथा प्रदेश सभा सदस्यहरुसंग मुस्लिम समुदायको हकहित अभिवृद्धिका लागि विद्यमान कानुनी नीतिगत तथा संस्थागत छलफल विषयक अन्तरक्रिया कार्यक्रमको माध्यमले संविधानका व्यवस्था भएनुसारको समान तथा आधारभुत शिक्षा , स्वास्थ्य , रोजगारी , नागरिकता र सरकारी सुविधामा मुस्लिम समुदायको पहुंचका लागि कानुन बनाउनु पर्ने लगायत विषयमा छलफलको लागि लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई प्रमुख अतिथीको रुपमा आयोगले कार्यक्रममा उपस्थित हुनको लागि आग्रह गरेको थियो। कार्यक्रममा उपस्थित हुने आश्वासन समेत दिएका मुख्यमंत्री केसीले कार्यक्रम आफु उपस्थित नभइ र अरु जिम्मेवार पदाधिकारी लाई उपस्थित हुन नदिने नियतले तत्काल आपत विपत व्यवस्थापनको मिटींग बोलाइ सबैलाई व्यस्त गरेको आरोप मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारली लगाउदै गुनासो समेत पोखेका थिए।


कार्यक्रमका प्रमुख अतिथी लुम्वीनी प्रदेशका क़ानून मन्त्री रमा घर्तीले मुस्लिम समुदायको भावना अनुसार संघ, प्रदेश र स्थानीय तहले काम गर्नुपर्ने संवैधानिक मर्मअनुसार काम गरेर राज्यको मुलधारमा मुस्लिम समुदायलाई लैजानुपर्नेमा उहाँको जोड थियो । नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक सम्प्रदाय भएको देशमा संघियताको भावनाअनुसार सबै नेपालीले समान अवसर पाउने बताइन ।
कार्यक्रममा उपस्थित पदाधिकारीहरुले मुस्लिम समुदायको समस्या तथा समाधानको लागि विशेष पहल गर्नु पर्ने र पटक पटक मुस्लिम समुदाय माथि लागि रहेको झुठो खोक्लो निराधार आरोपहरु माथि नियन्त्रण गर्न सम्बन्धित निकायसंग जोडदार मांग समेत गरेका छन। भारतका केही मिडीयाहरुले नेपालका मुस्लिम धार्मिक स्थल तथा समुदाय माथि समय समयमा झुठो भ्रमित खबर समेत प्रसारण गर्दै आएका छन् । यस्ता मिडीयाहरु लाई चिन्हित गरी झुठो निराधार प्रसारण माथि रोक लगाउनु पर्ने पदाधिकारीहरुले बताए।
कार्यक्रमका अध्यक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी प्रमुख अतिथि लुम्वीनी प्रदेशका क़ानून मन्त्री रमा घर्ती अतिथी लुम्बिनी प्रदेशका मंत्री रिना नेपाल, मुस्लिम आयोगका सदस्य मिर्जा अरसद बेग, शाजिदा सिद्धिकी, लगाया प्रदेश सभा सदस्य, मेयर उपमेयर, धर्म गुरु मौलाना शिक्षाप्रेमी वुद्धजीवीहरुको उपस्थिती रहेका थियो ।
