१६ वार्षिय हिन्दु चेलीको अपहरण , धर्म परिवर्तन र निकाह

0
Quantam abroad studies

काठमाडौं , असार ३१
पाकिस्तानको सिन्ध प्रान्तको नवाबशाह क्षेत्रमा एक १६ वार्षिय हिन्दु युवतीको अपहरण गरिएको छ । ति युवतीको अपहरण मुस्लिम समुदायका ब्यक्तिहरु द्वारा गरिएको छ ।

अपहरण पछि ति युवतीको जबर्जस्ती धर्म परिवर्तन गरिएको थियो । धर्म परिवर्तन पश्चात ति युवतीको मुस्लिम युवक संग जबर्जस्ती बिवाहा गराइएको छ ।

यस घटना लगत्तै त्यस क्षेत्रका अल्पसंख्यक हिन्दु समुदायले पाकिस्तानका पुर्ब राष्ट्रपति आसिफ अली जरदारीको घर बाहिर भेला भइ बिरोध प्रदर्शन गरेका छन् । त्यहाँका हिन्दु समुदायले तत्काल ति युवतीलाइ अपहरण मुक्त गराउन र दोषीलाइ कारबाही गर्न माग गरिरहेका छन् । तर पाकिस्तानी सरकार भने हिन्दुहरुको बिरोध प्रदर्शनलाइ दबाउने पुर्ण प्रयास गरिरहेको छ ।

sahani furniture udyog

पाकिस्तानमा बर्सेनि दर्जनौं अल्पसंख्यक हिन्दु युवतीको अपहरण गरिन्छ । त्यहाँका हिन्दु मठमन्दिरमा आक्रमण लगायतका घटना भइरहेकै छ । पाकिस्तानमा निरन्तर हिन्दुको जनसंख्यामा कमि आउदै गरेको तथ्यांकले देखाउछ । पाकिस्तानमा हिन्दुहरु अन्याय र अत्याचार सहदै जिवन ब्यतित गर्न बाध्य छन् ।

( यस समाचारलाइ अन्तर्राष्ट्रिय मिडियाबाट साभार गरिएको छ )

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.