बुद्धभुमिमा छाडा चौपाया ब्यवस्थापन गर्न प्रशासन सक्रिय खुल्ला सिमानाले चौपायाको चाप बढदो

0
Quantam abroad studies

कपिलवस्तु , साउन २६
लामो समय देखि कपिलवस्तु बासी छाडा चाैपाया समस्यबाट पीडित बनेका छन् । पटक पटक कान्जि हाउस शिर्षकमा बजेट छुट्टयाएर छाडा चौपाया ब्यवस्थापन गर्ने प्रयास भए पनि ब्यवस्थापन हुन सकेन

छाडा चौपाया समस्या समाधानका लागी चौतर्फी माग उठन थालेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे संयोजकत्वमा पलिका प्रमुखहरुकाे बैठक बसि सो समस्या समाधान विषयमा छलफल भएको छ । विद्यमान छाडा चाैपाया समस्या समाधानबारे छलफल गरि जग्गाको ब्यवस्था गरि यथाशीघ्र छाडा चौपाया ब्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुखसहितकाे संयुक्त बैठकले बुद्धभुमी नगरपालिका वडा नं. ९ को जनता सामुदायिक वन , कपिलवस्तु साझेदारी वन , बुद्ध यशाेधरा सामुदायिक वन र हरियाली सामुदायिक वन बिचको अन्दाजी १०० हेक्टर क्षेत्रफलको जग्गामा छाडा चाैपया ब्यवस्थापन गर्न तारबार लगाइ संरक्षित गर्न निर्णय भएको छ ।

sahani furniture udyog

जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकमा कानुन बमोजिम जग्गा प्राप्तिका लागि सम्बन्धि निकायमा समन्वय गर्ने र जिल्लाका सबै स्थानीय तहले आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

कपिलवस्तु जिल्लामा छाडा चौपाया ठुलो समस्याको रुपमा रहेको छ । यहाँ खुल्ला नेपाल भारत सिमानाका कारण भारतीय छाडा चौपायाको बिगबिगी बढेको हो । स्रोत अनुसार सिमा नजिकका भारतीयहरुले भारतका छाडा चौपायालाइ रातीमा नेपाल तर्फ धपाउने गरिएको छ ।

यसरी दिनहु भारतबाट छाडा चौपाया आइरहे ब्यवस्थापन चुनौतीपूर्ण हुने समेत देखिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.