नागरिकता विधेयक फिर्ताको बिरोध गर्दै कपिलवस्तुमा लोसपा र जसपाको प्रदर्शन

0
Quantam abroad studies

कपिलवस्तु , साउन ३०
दुबै सदनबाट पारित गरी प्रमाणीकरणकालागि पठाइएको नागकिरता विधेयक फिर्ता गरेको भन्दै लोसपा र जसपा पार्टी नेपालले कपिलवस्तुको तौलिहवामा विरोध प्रर्दशन गरेको छ।

पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पाठएको भन्दै राष्ट्रपतिको पुत्ला दहन समेत गरेको थिए। नागरिकले नागरिकता पाउनु नैर्सिगक अधिकार भएको भन्दै राष्ट्रपतिको सो कदमको घोर भत्सर्ना गरिएको छ। उता राष्ट्रपतिको सो कदम प्रति विरोध जनाउदै लाकतान्त्रिक समाजवादी पार्टीले समेत प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेका थियो।

प्रशासन कार्यालयको गेटअघि राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको घोर विरोध गरेका थिए। जली रहेको पुत्ला भने प्रहरीले हस्तक्षेप गरी केही बेर मै निभाएका थिए। जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एमालेको पालामा सो विधेयक ल्याउँदा तुरुन्तै पास गर्ने तर अहिले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले विधेयक फिर्ता गर्नू दु:खद कुरा भएको बताए। दुबै पार्टीको छुट्टाछुट्टै गरिएको बिरोध कार्यक्रम थियो ।

जसपाको तर्फबाट अब्दुल रसीद खाँ , बजरङी चौधरी , सुदिप पौडेल ,रामनेवास यादव लगायतका नेता कार्यकर्ताको सहभागिता थियोे भने लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मधुसुदन चौधरी,नेता तथा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतका नेताहरुले राष्ट्रपतिविरुद्ध चर्का नारा समेत लगाएका थिए।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.