काेभिड १९ विरुद्ध खाेप कार्यक्रम अन्तरगर्त कभरेज बढाउन सराेकारवालासँग अन्तरक्रिया कार्यक्रम

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
नेपाल सरकारकाे काेभिड १९ विरुद्ध खाेप कार्यक्रम अन्तरगर्त कभरेज बढाउन सराेकारवाला सँगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देश व्यापीरुपमा काेभिड १९ पछिल्लो समय बढ्दै गएको देखिन आए सँग जि आई जेट बझाङले आज सराेकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बहादुर बिष्ट जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशी अस्पताल प्रमुख नवराज जाेशी सुरक्षा प्रमुख सञ्चारकर्मी लगाएत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

sahani furniture udyog

जिल्लामा रहेकाे जनसंख्यालाई काेभिड खाेपलाई लगाउन र काेरना बाट वचन के कसरी अगाडि बढ्नु पर्छ भन्दै सराेकारवालाहरु सँग अन्तक्रिर्या कार्यक्रम गर्दै जि आई जेट अगाडि बढ्ने बताए । कार्यक्रममा सँस्थाका अध्यक्ष गगन आग्राीले काेभिड विरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे कलास लिनु भएको थियाे । सँस्थाले कम्युनिटी अर्थात हाम्रो समाजका केही जनसमुदायले भ्याक्सिन लगाउन किन नमानेको उहाँ लाई के कसरी भ्याक्सिन दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । काेभिड विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दिपक ऐडीले कलाश लिनु भएको थियाे ।

सँस्थाकाे उदश्य जुन जुन स्थानमा काेभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु भएको छैन । त्यही समुदायलाई कसरी सचेतना जगाउँदै अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उदश्य रहेको स्राेतले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.