सिचाई कुलोको विवादमा कुटपिटमा घाइते बृद्धको तौलिहवा स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु , भदौ ६
जिल्लाको महाराजगन्ज नगरपािलका वार्ड नं. २ पडरियामा कुलो विवादमा एक जनाको मृत्यु भएको छ ।

कुलोको विवाद बढदै जादा दुइ पक्ष बिच कुटपिट हुँदा ६८ बर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो। स्थानीय अब्दुल हक मुसलमान र उनको छोरा बर्ष २० का सम्सुद मुसलमान धुनियाले बर्ष ३८ का अब्दुल रहमान धुनियालाई कुटपिट गरेका थिए ।

sahani furniture udyog

कुटपिटबाट घाईते भएका धुनियालाइ कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा ल्याइ उपचार भई रहेको अवस्थामा सोमबार दिउँसो मृत्युु भएको प्रहरीले जनाएको छ। घटनामा सामेल बाबू छोरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ।

अहिले जिल्लाभरि बर्ष नहुदा पानीको अभावमा धान सुख्न थाले पछि नहर र कुलोबाट खेतमा पानी चलाउन किसानहरु बाध्य भएका छन् । एकैपटक सबैले पानी चलाउने निउमा धेरै गाउँहरुमा कुलोलाइ लिएर विवाद हुने गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.