तौलिहवा गोरुसिगे सडकखण्डमा गाडी दुर्घटना दर्जन बढी घाइते तिनको अवस्था गम्भीर

0
Quantam abroad studies

कपिलवस्तु , भाद्र १२
कपिलवस्तुमा टिप्पर र हाईस एकआपसमा ठोकिएर दुर्घटना भएको छ । उक्त दुर्गघटनामा १५ जना घाइते भएका छन् ।

जिल्लाको तौलिहवा गोरुसिगे सडकखण्डमा चेत्रादेईबाट लगभग १.५ किलोमीटर जंगल भित्र दुबै गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनाका घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दाङ्ग बाट तौलिहवा हुँदौ काठमाण्डौं जाँदौ गरेको बा २ ख ६६६० नम्बरको हाईस र तौलिहवा देखि गोरुसिंगे तर्फ जाँदौ गरेको ना ८ ख ६६९७ नम्बरको टिप्पर एकाअपसमा ठोक्किएका हुन । घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी समेतको टोलिले घटना स्थलमा पुगि अवस्थाको जानकारी लिएका छन् ।

दुर्घटना भएको क्षेत्र उक्त सडकखण्डको दुर्घटना ग्रस्त क्षेत्रको रुपमा हेर्ने गरिन्छ । यस ठाउँमा बिगतमा पनि दर्जनौं दुर्घटना भएको छ ।

Leave A Reply

Your email address will not be published.