उत्तमकुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा विर्सती मेला सुरु भएको छ ।
बझाङ जिल्लाकाे छविस पाथिभरा गाउँपालीका र दुर्गाथली गाउँपालीकाकाे विच केन्द्रमा पर्ने विसाैना बजारमा मेला लाग्ने गर्छ । यहीँ १८ गते बाट सुरु भएको मेला करिब हप्ता दिन सम्म चल्ने गर्दछ । विसाैना बजारमा लाग्ने याे चाड पर्व दुर्गाथलीकाे वडा नम्बर ७ दाैला र छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर ६ विसाैनामा लाग्ने गरेको देखिन्छ । पहिलाको लेकगाउँ गाविसमा लाग्ने गरेको मेला अहिले स्थानीय सरकार बनेपछि विभिन्न तरिकाले पर्वलाई बनाउने गरिन्छ । करिव १८ गते देखि सञ्चालनमा आएको बिर्सती मेलाकाे आज २० गते उद्घघाटन भएको हाे ।
उद्घघाटनमा दुर्गाथली गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष तथा मेला व्यावस्थापन समिति सँयाेजक वकिल जप्रेलकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा विशिष्ट अतिथि छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल दुर्गाथली उपाध्यक्ष जनक दाैल्याल सुरक्षा निकायका प्रमुख लगाएत अन्य जनप्रतिनिधिहरु रहेका थिए ।
विर्सती मेलाकाे बिषयमा बाेल्दै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले भन्नू भयाे ,यस मेलाको आफ्नै पहिचान छ । त्याे पहिचान नाैविस बासिले देखाउनु भएको छ । मेला पहिला परापुर्व कालमा लेकगाउमा लाग्ने भएको भएता पनि उता बाट सरेर विसाैला बनाउने गरेका छाै । पहिला राङ्गा जुधाएर मनाईने मेला समाज परिवर्तन सँगै अहिले पुरानो डेउडा ,भलिबल लाेकदाेहरी लगाएतका विभिन्न खेलहरु खेलाउन्छाै । उहले भन्नू भयाे आफू गाउँपालीका सरकार प्रमुख भएको नाताले हाम्रो समाजकाे रितिरिवाज हाम्रो समाजको सस्कृती याहाँ रहेका पर्यटन क्षेत्रकाे बिकास लाई प्रवधन गर्न स्थानीय सरकारले सबै भुमिका खेल्ने र जनताको जनचाहना अनुसार मात्र काम गर्ने बताउनु भयाे ।
यस्तै दुर्गाथली गाउँपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि थापाले विकास लाई तिव्रता दिदै दुवै गाउँपालीकामा सहकार्य गर्न आफू निरन्तर सरल हुने दावी गर्नु भयाे । उपाध्यक्ष जनक दाैल्यालले यस बिर्सती मेलालाई कसैले राजनीति करण नगर्न चेतावनी दिदै हाम्रो बिर्सतिकाे सभ्य भव्य तरिकाले समापन गर्न सबैलाई अनुराेध गर्नु भयाे । कार्यक्रमका सह- सँयाजक रहनु भएका विराट बुढाले भन्नू भयाे याहाकाे स्थानीय सरकारले अहिले पुराना नाचगान लाई प्रथामिक्ता दिदै, लाेकदाेहरी गाएक छत्र शाही,डेउडा गाएक तथा सुदुरकी चर्चित छाेरी रेखा जाेशी बझाङले जन्माएकाे चर्चित गाएक सुनिल नेपाली लगाएतका कलाकार ल्याएकाे र मेला भव्य हुने दावी गर्नु भयाे ।
मेलामा भलिबल प्रतियोगिता ,डेउडा प्रतियोगिता लाेकदाेहरी प्रतियोगिता लगाएत विभिद कार्यक्रमहरु रहेका छन ।