कृषि बिकास बैंकको कर्मचारी संगठनको अध्यक्षमा राकेश यादव चयन ।

0
Quantam abroad studies

sahani furniture udyog


कृषि विकास बैंक कर्मचारी संगठन, नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबार तिलोत्तमाको मंगलापुरमा सम्पन्न भएको छ । अधिवेशनले राकेश यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अर्जुन ओली, सचिवमा झबिन्द्र ज्ञवाली, सह–सचिवमा सरला योगी र कोषाध्यक्षमा मीना चापागाई रहेका छन् । त्यस्तै सदस्यहरुमा नर बहादुर थापा, सोमनाथ खनाल, दालमणी सुवेदी, जयमल ऐडी, दल बहादुर थारु, वसन्त भुसाल र रेखा पौड्याल रहेका छन् ।


अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बैंकलाई अगाडि बढाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संगठनका सचिवालय सदस्य किरण फ्ुयाल, अनिल सुवेदी, इन्द्रमणि घिमिरे, दीपक शाही, केन्द्रीय सल्लाहकार बाबुराम खत्री, अनिल भुसाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम लुम्बिनी प्रदेशका अध्यक्ष हरि बहादुर खड्का, रविन्द्र पाण्डे, संगम पोखरेल, नवराज गौतम, राजेन्द्र पौडेल, मीन प्रसाद ज्ञवाली, हेमेन्द्र अर्याल लगायतले बोलेका थिए । शालिक पौडेलको स्वागत तथा झबिन्द्र ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.